धनकुटाको साँगुरीगढी गाउंपालिकामै पान दर्ता सेवा सुरु, पहिलो सेवाग्राही बने विवेक ईवाहाङ

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै जारी गर्ने सेवा आजदेखि औपचारिक रूपमा सुरु गरेको छ।

सेवा शुभारम्भसँगै साँगुरीगढी गाउँपालिका वडा नं. ६ सिम्सुवा नजिक बेल्बोटेमा रहेको सुब्बा ग्यारेजका सञ्चालक विवेक ईवाहाङ गाउँपालिकाबाट पान दर्ता गर्ने पहिलो सेवाग्राही बनेका छन्। गाउँपालिका अध्यक्ष जितेन्द्र राईले ईवाहाङलाई पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।

पहिलो सेवाग्राही बनेका ईवाहाङले आफ्नै गाउँपालिकाबाट शून्य लागतमा पान दर्ता गर्न पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिए। उनले यस सेवाले स्थानीय व्यवसायी तथा उद्यमीलाई समय, खर्च र झन्झट बचत हुने विश्वास व्यक्त गरे।

गाउँपालिकाले अबदेखि व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने पान सेवा स्थानीय स्तरमै उपलब्ध गराउने भएकाले सेवाग्राहीले जिल्ला सदरमुकाम वा अन्य स्थान धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

यस सेवाले स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्नुका साथै नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने गाउँपालिकाको विश्वास रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।