धनकुटाको पाख्रीबासमा ‘केचना–सगरमाथा जनतासँग हातेमालो अभियान’ सञ्चालन हुँदै

धनकुटा । श्रम संस्कृति पार्टी पाख्रीबास नगर तदर्थ कमिटीको आयोजनामा ‘केचना–सगरमाथा जनतासँग हातेमालो अभियान’ सञ्चालन हुने भएको छ।

‘चेतना, पसिना, औजार र विचारको क्रान्ति’ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय वरिष्ठ श्रमदाता तथा पूर्व पर्यटन मन्त्री सुदन किराती प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

कार्यक्रममा श्रमदाता तथा पार्टीका केन्द्रीय सचिव ब्रविम शेर्मा र केन्द्रीय सह–प्रवक्ता जीवन विष्ट विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

कार्यक्रम यही असोज ९ गते पाख्रीबास नगरपालिका–४ स्थित ह्याङआउट होटलमा बिहान ११ः३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

पार्टीले ‘प्रकृति, संस्कृति, श्रम र प्रविधि’लाई अभियानको आधारका रूपमा अघि सारेको छ। कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष रूपमा जोडिँदै श्रम र उत्पादनसँग सम्बन्धित विषयमा छलफल तथा अन्तरक्रिया गर्ने जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।