लगातार वर्षाको सम्भावना: साँगुरीगढी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह

हिराराज राई, धनकुटा । नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै धनकुटाको साँगुरीगढी गाउँपालिकाले आगामी केही दिनसम्म लगातार वर्षासँगै चट्याङ, बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

गाउँपालिकाले जारी गरेको सूचनामा नदी तथा खोलाको किनार, पहिरोको जोखिम भएका क्षेत्र र कमजोर भू–भागमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न, यात्रा गर्नुपरेमा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न पनि आग्रह गरिएको छ।

यस्तै, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन, पशुचौपाया, खाद्यान्न, औषधि र आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न तथा आधिकारिक निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ।

कुनै पनि विपद् वा आपत्कालीन अवस्था आएमा सम्बन्धित निकाय तथा आपत्कालीन सेवामा तत्काल सम्पर्क गर्न गाउँपालिकाले आग्रह गर्दै अफवाहमा विश्वास नगरी आधिकारिक सूचनालाई मात्र आधार मान्न सबैमा अपिल गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖