भारी वर्षाको जोखिमपछि धनकुटा नगरपालिकाका विद्यालयमा दुई दिन बिदा

धनकुटा । भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै धनकुटा नगरपालिकाले नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ।

धनकुटा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले बिहीबार सूचना जारी गर्दै असोज ८ र ९ गते नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिने जनाएको हो।

नगरपालिकाका अनुसार सामुदायिक, धार्मिक, निजामती आवासीय तथा संस्थागत सबै विद्यालयमा बिदा लागू हुनेछ। उक्त बिदा लामो बिदाबाट कट्टा हुने गरी दिइएको सूचनामा उल्लेख छ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको छ।

मौसम प्रतिकूल हुने सम्भावना तथा भारी वर्षा र हावाहुरीका कारण विद्यार्थी तथा विद्यालयमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको धनकुटा नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सम्बन्धित सबै विद्यालयलाई सूचनाअनुसार बिदा कार्यान्वयन गर्न आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖