आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि एक हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले असोज ८ गते साविककै आकारमा रंग परिवर्तन गरिएको एक हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ नोट चलनचल्तीमा ल्याएको जनाएको छ । 

नयाँ नोट वैजनी रंगको घेराभित्र फिक्का हरियो रंगको छ । नोटको अग्र भागको मध्य खण्डमा श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ भन्ने उल्लेख छ ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । नोटको दायाँतर्फको तल्लो भागमा दृष्टिविहीन व्यक्तिले स्पर्श गरी पहिचान गर्न सहजताका लागि एक हजार अंक जनाउने रोमन अक्षर एम राखिएको छ । सगरमाथाको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०–१० वटा तेर्सा रेखा राखिएका छन् ।

सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र राखिएको छ । नोटमा ३ दशमलव ५ मिलिमिटर चौडाइको सुरक्षण धागो राखिएको छ । नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर छ ।

नोटको पृष्ठ भागको मध्य खण्डमा राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुई हात्तीहरूको चित्र राखिएको छ । नोटको पृष्ठ भागमा पानीछापको दायाँतर्फ नेपालको सातवटा प्रदेश जनाउने गरी सातवटा लालीगुराँसका चित्र प्रयोग गरिएको छ । केही दिनअघि राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नाेटकाे सिरिज सार्वजनिक गरेकाे थियाे ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖