सहिदभूमिमा सामुदायिक वनमा बेवारिसे भरुवा बन्दुक बरामद
धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिका–१ चिहानडाँडास्थित त्रिवेणी सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
शनिवाप साँझ करिब ५ बजे प्रहरी चौकी त्रिवेणी, धनकुटाबाट खटिएको गस्ती टोलीले पालिकाका विभिन्न स्थानमा गस्ती गर्ने क्रममा सामुदायिक वनभित्र उक्त बन्दुक फेला पारेको हो।
बेवारिसे अवस्थामा फेला परेको भरुवा बन्दुक बरामद गरी जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

