धनकुटामा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ, १ लाख १४ हजार रुपैयाँ बरामद

धनकुटा । धनकुटामा तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार असोज ११ गते राति करिब ८ बजे धनकुटा नगरपालिका–१ हिलेस्थित सिताराम श्रेष्ठको पाँचतले घरको अन्डरग्राउन्ड कोठामा तास खेल भइरहेको विशेष सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले तास खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट नगद १ लाख १४ हजार ५ सय ५० रुपैयाँ, ४ बुङ खुला तास तथा गोटीहरू बरामद गरेको जनाएको छ।

बरामद गोटीमध्ये ५ लेखिएका ५९ वटा, २० लेखिएका २० वटा, ५० लेखिएका २० वटा र ५०० लेखिएका २० वटा रहेका छन्।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमा धनकुटा नगरपालिका–१ का ५२ वर्षीय मोहनबहादुर विक, ४५ वर्षीय रमेश राई, ३८ वर्षीय सविन तामाङ, ४४ वर्षीय तेजबहादुर मगर, ५३ वर्षीय रमेश भण्डारी, धनकुटा नगरपालिका–२ का ३२ वर्षीय दिपेन्द्र मगर, धनकुटा नगरपालिका–१० का ५० वर्षीय रमेश कार्की र महालक्ष्मी नगरपालिका–८ का ३६ वर्षीय रामकाजी विक रहेका छन्।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖