यातायात कार्यालयबाट कर्णालीमा ३५ करोडभन्दा बढी राजस्व संकलन

सुर्खेत, १२ असोज। कर्णाली प्रदेशका यातायात कार्यालयहरूले आर्थिक वर्ष २०८२/०८३ मा ३५ करोड बढी राजस्व संकलन गरेका छन् ।

कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयअन्तर्गतका यातायात कार्यालयबाट संकलित राजस्वको विवरणअनुसार सुर्खेत, जुम्ला र रुकुम पश्चिमबाट गरी कुल  ३५ करोड ८ लाख ४३ हजार ५९० रुपैयाँ राजस्व संकलन भएको हो ।

जिल्लागत रूपमा सबैभन्दा बढी राजस्व सुर्खेतबाट २९ करोड ५६ लाख ९ हजार ४१० रुपैयाँ राजस्व संकलन भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले जानकारी दिए । 

उनका अनुसार जुम्लाबाट १ करोड ९४ लाख ४२ हजार ५४० रुपैयाँ र रुकुम पश्चिमबाट ३ करोड ५७ लाख ९१ हजार ६५० राजस्व संकलन भएको छ । राजस्व संकलनको मुख्य आधार सवारी साधन कर रहेको छ ।

कुल राजस्वमध्ये सवारी साधन करको योगदान ८७.४६ प्रतिशत रहेको छ । त्यस्तैगरी चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुरबाट १०.९४ प्रतिशत, प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट १.४८ प्रतिशत र अन्य प्रशासनिक सेवा शुल्कबाट ०.२१ प्रतिशत राजस्व संकलन भएको सचिव बमले जानकारी दिए। 

मन्त्रालयका अनुसार यातायात क्षेत्रबाट संकलित राजस्वमा सुर्खेत जिल्लाको योगदान सबैभन्दा बढी रहेको छ । यातायात कार्यालयबाट प्राप्त राजस्वको प्रमुख आधार सवारी साधन करसँगै चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुर रहेको छ । 

 मन्त्रालयले यातायात क्षेत्रको सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउँदै राजस्व संकलन तथा प्रशासनिक व्यवस्थापनलाई थप व्यवस्थित गर्ने जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖