धनकुटाको चौबिसेमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, २ लाख ३६ हजार नगद बरामद

धनकुटा,१३ असोज । धनकुटाको चौबिसे गाउँपालिका–२ डाँडागाउँमा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

बुधबार बिहान करिब ४ बजे चौबिसे–२ डाँडागाउँका दीपक सारु मगरको घरमा तास खेलिरहेको विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट नगद २ लाख ३६ हजार २५० रुपैयाँ र खोलेको ४ बुङ तथा नखोलेको १७ बुङ गरी २१ बुङ तास बरामद भएको छ।

नियन्त्रणमा लिइएकामध्ये तास खेलिरहेका ६ जना र खेल हेर्ने ६ जना रहेका छन्।

तास खेल्नेमा चौबिसे–२ का ३६ वर्षीय इमा मगर, सोही वडाका मुढेवासका ५३ वर्षीय राजेन्द्र मगर, चौबिसे–६ राजारानीका ४५ वर्षीय गुणराज राई, सोही स्थानका ३६ वर्षीय लेखबहादुर लिम्बु, ४२ वर्षीय योगेन लिम्बु र चौबिसे–७ मौनाबुधुकका ४० वर्षीय राम चेम्जोङ रहेका छन्।

त्यस्तै, खेल हेर्नेमा चौबिसे–२ डाँडागाउँका ३० वर्षीय सुमन मगर, मुढेवासका २१ वर्षीय समिर मगर, लाप्सेका २६ वर्षीय प्रजल मगर, डाँडाटोलका २४ वर्षीय प्रदीप मगर, धारापानीका १९ वर्षीय विशाल मगर र चौबिसे–६ राजारानीका ३५ वर्षीय धीरेन चेम्जोङ रहेका छन्।

प्रहरी टोलीले उनीहरूलाई बिहान ७ः३० बजे आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖