महाकाली नदीमा पिलर भाँचिएपछि चुँडियो झोलुंगे पुल

काठमाडौं, १४ असोज । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ४ र भीमदत्त नगरपालिका–१३ जोड्ने झोलुंगे पुल बिचभागबाट चुँडिएर नदीमा लत्रिएको छ । महाकाली नदीमा पिलर भाँचिएपछि पुल चुँडिएको प्रहरीले जनाएको छ । पुलबाट हुने आवतजावत अवरुद्ध भएको छ ।

करिब एक हजार ४५३ मिटर लामो झोलुंगे पुलका आठवटा पिल्लरमध्ये पिल्लर नम्बर ३ भाँचिदा पुलको करिब ६ मिटर भत्किएको हो ।

अढाई दशकअघि निर्माण भएको उक्त पुल बिचभागबाट अनौठो तरिकाले चुँडिएपछि आउजाउ बन्द भएको छ । ०५८ सालमा निर्माण भएको एक हजार मिटरभन्दा लामो उक्त झोलुंगे पुल एसियाकै दोस्रो लामो पुलको रूपमा परिचित छ ।

महाकाली नदीपारिको नेपाल भनेर चिनिने दोधाराचाँदनीलाई जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि देशकै भूगोलसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ पुल निर्माण गरिएको थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चुँडिएको पुल छिट्टै मर्मत गरिने बताए । उनले चुँडिएको पुलका फोटो, भिडियो आफूले झोलुंगे पुल मर्मत शाखालाई पठाएको र आज वा भोलिसम्म प्राविधिक आएर मर्मत गरिने बताए ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖