सुनसरीमा ५६४ किलो गाँजा सहित सुमो नियन्त्रणमा, चालक फरार
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डबाट प्रहरीले ५६४ किलो गाँजासहित सुमो गाडी नियन्त्रणमा लिएको छ।
गत असोज १४ गते राति ११ः४० बजे इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडुवा र बीओपी अमडुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा १२ च १७३८ नम्बरको सुमो गाडी चेकजाँच गर्ने क्रममा चालक गाडी छाडेर फरार भएका थिए।
गाडी जाँच गर्दा लागूऔषध गाँजाजस्तो देखिने पदार्थ ५६४ किलो फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजासहित सुमो गाडी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबीमा ल्याएको छ।
फरार चालकको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


