धनकुटाको हिलेबाट खैरो हेरोइन सहित २७ वर्षीय युवक पक्राउ
धनकुटा । धनकुटामा प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत असोज १७ गते विशेष सूचना पाएपछि प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका–१, तोङवा चोकमा चेकजाँच गर्दा छथर जोरपाटी गाउँपालिका–६ बस्ने २७ वर्षीय शान्तिराम थापाको साथबाट उक्त लागुऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार उनको साथबाट प्लास्टिकसहित १ ग्राम १४० मिलिग्राम र प्लास्टिकबाहेक ५४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको छ।
त्यसैगरी Tramol-50 का ७ वटा क्याप्सुल र Spaspain का ७ वटा ट्याब्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

