जनमतलाई पार्टीमा अनुमोदन गराउन मेरो उम्मेदवारी : हुकुमसिंह राई

दमक, १८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदका लागि युवा नेता हुकुमसिंह राईले उम्मेदवारी घोषणा गरेका छन्। झापाको कमल गाउँपालिकाका अध्यक्षसमेत रहेका राईले आफ्नो उम्मेदवारीलाई जनमतको पार्टीभित्र प्रतिनिधित्व गराउने प्रयासका रूपमा व्याख्या गरेका छन्।

पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र पुनर्जागरणको एजेन्डामा सक्रिय राईले आफू नेतृत्वका लागि तयार हुनुपर्ने उपयुक्त समय आएको बताएका छन्।

“मेरो उम्मेदवारी जनमतलाई पार्टीमा अनुमोदन गराउन अनिवार्य छ। उमेर, पुस्ता, सक्रियता र वर्तमान परिस्थितिसमेतका आधारमा यो मेरा लागि नेतृत्वका लागि तयार हुनैपर्ने बेला हो,” राई भन्छन्, “अब हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?” कांग्रेसभित्र नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने बहस चलिरहेका बेला राईले आफ्नो उम्मेदवारीलाई त्यसैको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन्।

गगन थापा र विश्वप्रकाश शर्मासँग जोडिएको विशेष महाधिवेशनको प्रक्रियामा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी पार्टीको आन्तरिक रूपान्तरणका पक्षधरका रूपमा चिनिन्छन्। पार्टीको नेतृत्वमा पुग्न उमेर मात्र पर्याप्त नहुने उनको धारणा छ। नेतृत्वमा कार्यक्षमता, योग्यता, अनुभव र सक्रियताको उचित संयोजन आवश्यक रहेको उनी बताउँछन्। “पार्टीमा कार्यक्षमता, योग्यता, अनुभव र सक्रियता सबै कुराको संगम हुनुपर्छ। यी सबै पक्षको उचित मूल्याङ्कन गर्ने बेला यही हो,” राई भन्छन्, “यसको मूल्याङ्कन आम महाधिवेशन प्रतिनिधि साथीहरू र पार्टी पङ्क्तिले गर्नेछन्।

” स्थानीय तहको नेतृत्वमा रहेर प्राप्त गरेको अनुभव र पार्टी संगठनमा गरेको सक्रियतालाई केन्द्रीय नेतृत्वमा उपयोग गर्ने उनको अपेक्षा छ। पुस्तान्तरणको बहसलाई व्यवहारमा रूपान्तरण गर्दै पार्टीभित्र नयाँ नेतृत्वको सम्भावना स्थापित गर्नु आफ्नो उम्मेदवारीको प्रमुख औचित्य रहेको राईको भनाइ छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖