मंसिर १६-२७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, ३२ खेल समावेश हुने
सुर्खेत, १८ असोज । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेशको सुर्खेत, बाँके, दैलेख, सल्यान, कालीकोटमा प्रतियोगिता हुने प्रस्ताव गरिएको छ । प्रतियोगितामा ३२ खेल समावेश हुनेछन् ।
आइतबार सुर्खेत आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता हुने स्थान र खेलबारे जानकारी दिइयो । प्रतियोगितामा एथलेटक्स, कुस्ती, कबड्डी (महिला र पुरुष), व्याडमिण्टन, बक्सिङ, कराते, बास्केटवल (महिला र पुरुष), फुल कन्टपाक्ट कराते, आईटिएफ तेक्वान्दो, शारीरिक सुगठन, क्रिकेट (महिला र पुरुष), टेबल टेनिस, फुटवल (महिला र पुरुष), बुद्धिचाल, ह्याण्डबल (महिला र पुरुष) समावेश छन् ।
यस्तै, सुर्खेतमा हक्की (महिला र पुरुष), जुडो, ई स्पोट्स, खो खो (महिला र पुरुष), स्क्वास, रग्वी (महिला र पुरुष), सुटिङ, पौडी, साईक्लिङ, तेक्वान्दो, टेनिस, नेपालगन्ज, भलिवल (महिला र पुरुष), आर्चरी, उसु, जिमन्याष्टिक, भारोत्तोलन र सेपाकताको खेल समावेश हुनेछ ।

