कांग्रेस महाधिवेशनलाई रवि किरण हमालको शुभकामना : ‘युवाको वर्चस्वसँगै संवैधानिक–अर्थराजनीतिक संकट समाधानको नीति बनोस्’

काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका सभापति गगन थापासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै हमालले महाधिवेशन भव्य रूपमा सफल होस् भन्दै सभापति थापासहित सम्पूर्ण कांग्रेसजनमा शुभकामना दिएका हुन्।

हमालले महाधिवेशनले पार्टीभित्र युवाहरूको वर्चस्व कायम गर्नुपर्ने तथा मुलुकलाई वर्तमान संवैधानिक र अर्थ–राजनीतिक संकटबाट बाहिर निकाल्ने स्पष्ट संकल्प र नीति पारित गर्नुपर्ने बताएका छन्।

उनले लेखेका छन्, “नेपाली कांग्रेसको १५औँ महाधिवेशन भव्य रूपमा सफल होस्। सभापति गगन थापाज्यू लगायत सम्पूर्ण कांग्रेसजनमा शुभकामना। महाधिवेशनले युवाहरूको वर्चस्व कायम गरोस्, संवैधानिक र अर्थ राजनीतिक संकटबाट देशलाई बाहिर निकाल्ने संकल्प र नीति पास गरोस्।”

हमालले पछिल्लो समय राजनीतिक दलहरूको आन्तरिक रूपान्तरणसँगै देशको संवैधानिक तथा आर्थिक–राजनीतिक संकट समाधानका लागि नयाँ पुस्ताको निर्णायक भूमिका आवश्यक रहेको बताउँदै आएका छन्।

कांग्रेसको महाधिवेशनलाई उनले युवाको नेतृत्व र वर्तमान राजनीतिक संकटको समाधानका लागि पार्टीले स्पष्ट नीति तथा संकल्प अघि बढाउने अवसरका रूपमा जोड दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖