आजको मौसम: मनसुन बाहिरिँदै, तराईमा हुस्सु लाग्ने

काठमाडौँ, १९ असोज । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशका सबै भू-भाग र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बादल लागेको छ। कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी तराई भू-भागमा हुस्सु लागेको छ।

 

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको पहाडी र तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्मको, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। सबै तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

 

राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागमा साधारणतया बादल लाग्ने तथा देशका बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

 

हाल कुनै मौसमी चेतावनी जारी गरिएको छैन। तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिनुहुन महाशाखाले अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖