आज विश्व शिक्षक दिवस विश्वभरी मनाइदैँ

काठमाडाैं, १९ असाेज । आज विश्व शिक्षक दिवस विश्वभरी मनाइदैँछ । हरेक वर्ष अक्टोबर ५ का दिन विश्वभर मनाइने एक महत्त्वपूर्ण अन्तर्राष्ट्रिय दिवस हो।

 

सन् १९६६ अक्टोबर ५ का दिन युनेस्को र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त आयोजनामा शिक्षकहरूको स्थिति सम्बन्धी ऐतिहासिक सिफारिसपारित भएको थियो। यसै ऐतिहासिक घटनाको स्मरण गर्दै युनेस्कोको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टोबर ५ लाई विश्व शिक्षक दिवसका रूपमा मनाउन थालिएको हो।

 

यसकाे मुख्य उदेश्य समाज र देशको निर्माणमा शिक्षकहरूले पुर्‍याएको योगदानको कदर तथा सम्मान गर्नु, शिक्षकहरूका अधिकार, कार्यस्थलको सुरक्षा, सेवा-सुविधा र क्षमता अभिवृद्धिबारे विश्वव्यापी ध्यानाकर्षण गराउनु र गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न योग्य तथा उत्प्रेरित शिक्षकहरूको आवश्यकता प्रवर्द्धन गर्नु रहेकाे छ ।

 

 

यस दिन युनेस्को, विभिन्न देशका शिक्षा मन्त्रालय, शिक्षक सङ्घ-संगठनहरू र शिक्षण संस्थाहरूले विभिन्न कार्यक्रम, छलफल, अन्तरक्रिया, र उत्कृष्ट शिक्षकहरूलाई सम्मान गर्ने कार्यक्रमहरू आयोजना गर्दछन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖