डा. दिलिप कुशवाहा एमालेमा, कालिकामाईको अध्यक्ष उम्मेदवार बनाउने तयारी

रौतहट १९ असोज । पर्साको कालिकामाई गाउँपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले राजनीतिक समीकरण बदल्ने संकेत दिएको छ। गाउँपालिकाका निवर्तमान अध्यक्ष स्वर्गीय नाथुनी कुशवाहाका छोरा डा. दिलिप कुशवाहा एमालेमा प्रवेश गरेपछि स्थानीय राजनीतिक वृत्तमा यसको चर्चा चुलिएको छ।

पछिल्लो समय नेपाली कांग्रेसमा सक्रिय रहेका डा. कुशवाहाले एमाले रोजेपछि उनको राजनीतिक यात्रा नयाँ मोडमा पुगेको हो। एमालेले उनलाई आगामी स्थानीय तह निर्वाचनमा कालिकामाई गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाउने तयारी गरेको बताइएको छ।

वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले पर्साका जिल्ला अध्यक्ष विश्वम्भर शर्मा र कालिकामाई गाउँपालिका कमिटीका अध्यक्ष अनुप तिवारीले संयुक्त रूपमा टीका र माला लगाएर कुशवाहालाई पार्टीमा स्वागत गरे।

पार्टी प्रवेशसँगै कुशवाहाको सम्भावित उम्मेदवारीले कालिकामाईको आगामी निर्वाचनमा एमालेको रणनीतिलाई समेत चासोका साथ हेरिएको छ। गाउँपालिका कमिटी अध्यक्ष तिवारीले आगामी निर्वाचनमा डा. कुशवाहा अध्यक्ष पदका लागि एमालेको उम्मेदवार रहने स्पष्ट पारेका छन्।

स्थानीय राजनीतिमा पारिवारिक पृष्ठभूमिसमेत प्रभावशाली मानिने कुशवाहाको एमाले प्रवेशले कांग्रेसको आधारमा समेत प्रभाव पार्न सक्ने राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। यद्यपि निर्वाचनमा यसको वास्तविक प्रभाव भने उम्मेदवारी र स्थानीय राजनीतिक समीकरणपछि मात्रै स्पष्ट हुने देखिन्छ।

पार्टी प्रवेश कार्यक्रममा कालिकामाई गाउँपालिका–२ का वडाध्यक्ष सोनालाल चौरसिया, वडाध्यक्षका प्रत्याशी जितेन्द्र कलवार, गाउँपालिका कमिटी सचिव पन्लनालाल चौरसिया, युवा संघका अध्यक्ष असलम आलम, धुरी साह गोणलगायत एमालेका नेता तथा कार्यकर्ताको सहभागिता थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖