धनकुटामा नेपाल बेसबल तथा सफ्टबल संघको जिल्ला कार्यसमिति गठन

धनकुटा,२१ असोज । नेपाल बेसबल तथा सफ्टबल संघ धनकुटा जिल्ला कार्यसमिति गठन गरिएको छ।

जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्य तथा नेपाल बेसबल तथा सफ्टबल संघका केन्द्रीय प्रतिनिधि विनोद कोइरालाको उपस्थितिमा जीवन राईको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको हो।

नवगठित कार्यसमितिको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा लाला देवी मगर, सचिवमा निशान दर्लामी मगर र कोषाध्यक्षमा मनिक राई चयन भएका छन्। त्यस्तै सदस्यहरूमा विक्रम राई, दिलबहादुर राई र जिसन मगर चयन भएका छन्।

धनकुटामा बेसबल तथा सफ्टबल खेलको विकास, खेलाडी उत्पादन तथा खेल गतिविधिलाई विस्तार गर्ने उद्देश्यले जिल्ला कार्यसमिति गठन गरिएको जनाइएको छ। नवगठित कार्यसमितिले जिल्लामा बेसबल तथा सफ्टबल खेलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएकाे खेलकुद विकास समिति का अध्यक्ष मनाेज राईले बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖