पाख्रीबास बजारमा अनुगमन, म्याद गुज्रिएका खाद्यवस्तु नष्ट
धनकुटा । चाडपर्वलाई लक्षित गर्दै धनकुटाको पाख्रीबास बजारमा खाद्य पसलहरूको अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, पाख्रीबास नगरपालिका, इलाका प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ र पत्रकार सहितको संयुक्त टोलीले बजार अनुगमन गरेको हो।
अनुगमनका क्रममा खाद्य पसलहरूलाई खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको छ। साथै, म्याद नाघेका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको जनाइएको छ।

