धनकुटा स्थित तमोर नदीको ढुङ्गामा फसेका युवकको सकुशल उद्धार

धनकुटा, असोज २७ । धनकुटा नगरपालिका–८ स्थित तमोर नदीको किनारमा रहेको ढुङ्गामा फसेका एक युवकको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएका युवक मोरङको ग्रामथान गाउँपालिका–१ निवासी अन्दाजी २८/२९ वर्षीय अर्जुन सरदार हुन्। उनी रगुवा खोला क्षेत्रमा पुल निर्माण गरिरहेको समिनारायण कन्स्ट्रक्सन प्रा.लि.मा काम गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार असोज २६ गते साँझ ५ः३० बजे तमोर नदीको किनारमा रहेको ढुङ्गामा एक व्यक्ति फसेको सूचना प्राप्त भएपछि प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीको कमाण्डमा १५ जना प्रहरीको टोली र सशस्त्र प्रहरी बल नेपाल धनकुटाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक राजेश फुयालको कमाण्डमा टोली परिचालन गरिएको थियो।

प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्थानीय युवाहरूको सहयोगमा वैकल्पिक बाटोबाट गएर राति ११ः५८ बजे सरदारको सकुशल उद्धार गरेको हो।

उद्धारपछि सोधपुछ गर्दा सरदार दशैँको बिदामा घर जान मुलघाटतर्फ निस्किने क्रममा तमोर नदीमा पौडी खेलेर पारि पुगेको र त्यसपछि बाटो नभेटेपछि अलपत्र परेको खुलेको प्रहरीले जनाएको छ।

उद्धार गरिएका सरदारलाई निर्माण कम्पनीका प्रतिनिधि शिवनारायण यादवको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

उद्धार कार्यमा स्थानीय युवा सुमन राई, सुरेश राई, आर्यन याख्खा र दिनेश याख्खाले सहयोग गरेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖