धनकुटाको पाख्रीबासमा आज चार घण्टा विद्युत् सेवा अवरुद्ध हुने

धनकुटा,२७ असोज । धनकुटाको पाख्रीबास नगरपालिकाका सम्पूर्ण स्थानमा आज मंगलबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका अनुसार आज दिउंसो १ बजेदेखि साँझ ५ बजेसम्म पाख्रीबास फिडरअन्तर्गत हिलेदेखि पाख्रीबाससम्मको ११ केभी विद्युत् लाइनमा मर्मत तथा सुधारको काम गरिने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

उक्त अवधिमा विद्युत् लाइन वरिपरिका रूखका हाँगा, बाँस तथा झाडी कटान (बुस कटिङ), डिस्क र पिन परिवर्तन तथा जम्पर कस्ने कार्य गरिने प्राधिकरणले जनाएको छ ।

निर्धारित समयअघि नै काम सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार चाँडै सुचारु गरिने धनकुटा वितरण केन्द्रले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖