धनकुटाका विभिन्न स्थानमा भोलि १४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने

धनकुटा । ११ केभी जितपुर फिडरअन्तर्गत विद्युत् लाइनको डिस्कनेक्टिङ स्विच परिवर्तन गर्नुपर्ने भएकाले भोलि बुधबार धनकुटाका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका अनुसार असोज २८ गते बिहान ६:३० बजेदेखि राति ९ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।

त्रिसुलेमुनि होराइजन होटल नजिक ओख्रे, सान्ने र ओक्मालुङतर्फ जाने ११ केभी लाइनको डिस्कनेक्टिङ स्विच परिवर्तन गर्नुपर्ने भएकाले छथर जोरपाटी गाउँपालिकाका केही स्थान, धनकुटा नगरपालिका–१ का केही भाग तथा महालक्ष्मी नगरपालिकाका केही स्थानमा विद्युत् सेवा प्रभावित हुने केन्द्रले जनाएको छ।

निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार चाँडै सञ्चालन गरिने पनि वितरण केन्द्रले जानकारी दिएको छ।

विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले क्षमायाचना गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖