नौ दिनमै क्यान बोर्ड सदस्यबाट हटाइयो गुञ्जन शाहलाई

काठमाडौं, २९ असाेज । गुञ्जन शाहलाई नियुक्त भएको  नाै दिनमै नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यबाट हटाइएकाे छ ।

‎प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई बुधबारदेखि लागू हुने गरी क्यानको बोर्ड सदस्यबाट फिर्ता बोलाएको हो।

‎गत असोज १९ गते क्यानको बोर्ड सदस्यमा नियुक्त शाहको मनोनयनलाई लिएर खेल क्षेत्र र सरकारी अधिकारीबाट समेत असन्तुष्टि प्रकट भएको थियो।
‎
‎क्रिकेटको नीतिगत ज्ञान र व्यवस्थापकीय अनुभव नभएको व्यक्तिलाई नेपाली क्रिकेटको नियमनकारी संस्थाको बोर्डमा पठाइएको भन्दै उनको नियुक्तिबारे प्रश्न उठेको थियो।
‎
‎राखेपको सदस्यसचिवस्तरीय निर्णयबाट असोज १९ गते गरिएको मनोनयनको समाचार सार्वजनिक भएपछि उनको नियुक्तिबारे आलोचना सुरू भएको थियो।
‎
‎आफ्नो नियुक्तिपत्र क्यानका उपाध्यक्ष रोशन सिंहलाई गुञ्जनले बुझाउँदै गरेको तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖