कर्णाली याक्सको सहप्रायोजकमा एसियन पेन्ट्स

काठमाडौं, ३० असोज ।  नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्स र एसियन पेन्ट्स नेपाल प्रालिबीच सहप्रायोजन सम्झौता भएको छ।

सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एसियन पेन्ट्स नेपालकी एसिसटेन्ट मार्केटिङ म्यानेजर आस्था सत्याले हस्ताक्षर गरे। 

सम्झौतापछि कर्णाली याक्सका क्रिकेट निर्देशक मल्लले एसियन पेन्ट्ससँगको निरन्तर सहकार्यले टोलीको यात्रालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। 

‘कर्णाली याक्ससँग एसियन पेन्ट्सको निरन्तर सहकार्यले हाम्रो सम्बन्धलाई अझ बलियो बनाएको छ। खेलकुदमा सफलता हासिल गर्न मैदानभित्रको मेहनतसँगै मैदानबाहिरबाट प्राप्त हुने विश्वास र साथ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। दोस्रो वर्ष पनि हाम्रो यात्रामा जोडिनुभएकोमा हामी आभारी छौँ। यस सहकार्यले नेपाली क्रिकेटप्रतिको उत्साह र लगानीलाई थप प्रोत्साहन गर्ने विश्वास लिएका छौँ,’ मल्लले भने।

एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ। प्रतियोगिताका लागि कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा स्कटल्याण्डका मार्क वाट र बंगलादेशका अकबर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ।

कर्णाली याक्सको प्रमुख प्रायोजकमा एक्स्ट्रिम, हेडगेयर पार्टनरमा प्लम्बर पाइप, कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज तथा प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टाइल्स छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖