सरकारले विहीबार ७ वटै प्रदेशका प्रमुखको नियुक्ती गर्ने

काठमाडौं, १७ पुस । सरकारले विहीबार प्रदेश प्रमुखहरुको नियुक्ति गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने विहीबारको मन्त्रिपरिषद बैठकले ७ वटै प्रदेशका प्रमुखको नियुक्ती गर्ने उपप्रधान तथा स्थानीय विकासमन्त्री विजय गच्छदारले जानकारी दिएको न्यूज24मा खबर छ ।

फाईल फोटो

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुख नियुक्त गर्न निर्वाचन आयोगले ताकेता गरिसकेकाले सबै दलसँगको सल्लाहमा सरकारले निर्णय लिने उनको भनाई छ ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ नखाने भन्दै नियुक्ति नगर्न दबाब दिएका थिए । देउवाले नियुक्ति गर्ने प्रदेश प्रमुखहरुमा पूर्व सेनापति रुक्मांगत कटवाल, माइती नेपालकी संस्थापक अनुराधा कोइराला लगायतको नाम चर्चामा छ ।

यस्तै, उपप्रधानमन्त्री गच्छदारले प्रदेश राजधानीको चौतर्फी माग भइरहेका बेलामा सरकारले सबैको चित्त बुझाउने गरी निर्णय लिने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖