कोरियाबाट नेपाल फर्कने टिकट लिएका एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरे

सोल । कोरियाबाट नेपाल फर्कने टिकट लिएका एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।

महोत्तरी बर्दिबास घर भएका प्रकाश थापा मगरलाई कोरियाको पुछानस्थित आफ्नै काम गर्ने कम्पनीको पछाडि बुधबार झुण्डिएको अवस्थामा भेटिएको थियो । २५ वर्षिय मृतक मगर सात महिना अघि कोरिया आएका थिए ।

अचानक कपाल झर्ने समस्या देखेपछि डक्टरलाई देखाउँदा गम्भीर समस्या नभएको भनिएपनि उनी क्यान्सर भएको हुन सक्ने आशंकामा चिन्तित थिए ।

उनका श्रम सहचारी डिल्लीराम बास्तोलाले उनी क्यान्सर भएको भन्दै दुःखी हुने गरेका थिए । त्यही समस्याका कारण ९ तारिख नेपाल जाने हवाई टिकट लिएका मृतक मगर ८ तारिखदेखि नै साथीहरुसँग सम्पर्कविहीन भएका थिए । मगर १० तारिखमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

हाल उनको शव पोछान अस्पतालमा राखिएको छ । घटना सम्बन्धी आधिकारिक जानकारी आइसकेको नेपाली दूतावासले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖