ओली माथि यस्तो आरोप लगाएपछि धमलाको हमलामा मन्त्री र नेता बीच झण्डै कुटाकुट – हेर्नुस भिडियो
केपी ओली माथि आरोप लगाएपछि एमाले नेता केशब बडालले यसरी झन्डै हात हाले मिन विश्वकर्मामाथि हिमालयन टिभीमा ऋषि धमलाले संचालन गर्ने कार्यक्रम धमलाको हमलामा । सरकारले अहिल्यै राजिनामा दिनुपर्ने वा प्रक्रिया पूरा गर्नुपर्ने भन्ने विषयलाई धमलाले बहसमा ल्याएका थिए । तर दुई नेताबिचमा कुरा बाझिदै जाँदा स्थिती तनाव बनेको थियो ।छलफलको बिषय थियो वाम एकता , नयाँ सरकारको गठन र सरकारले प्रदेशको केन्द्र र प्रमुख तोक्न नसकेको अवस्थामा भएको बहस । जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले सरकार छोड्ने प्रक्रिया पूरा गरेर मात्रै हस्तान्तरण गर्ने कुरा गर्ने क्रममा बडाललाई “कुरा नै नबुझि गाउँले पाराले तर्क दिएको” भनेपछि बडाल आक्रोषित बनेका थिए । एमाले नेता केशव बडालले त त म म जस्ता शब्द पनि प्रयोग गर्दै मन्त्रि बिश्वकर्मालाई थर्काएको देखिन्छ ।बडालले शब्दफिर्ता लिएर माफी माग्न लगाएका थिए । तर मन्त्री विश्वकर्माले आफूले बोलेको कुरा सही भएको जिकिर गर्दै न त माफी माागे न फिर्ता नै लिए । त्यसपछि बडाल झन आक्रोषित बन्दै हात नै हालौँला झैँ गरे । यही विषयले कार्यक्रम अवधिभर तनाव सुजना भयो । अर्का अतिथि राजेन्द्र श्रेष्ठ रमिता हेरेर बसिरहे ।


