भारतको एउटै जेलमा ३४ जना नेपाली !
नयाँ दिल्ली, १ माघ । भारतका जेलमा सयौं नेपाली नागरिक वर्षै देखि जेल जिवन विताईहरुको नेपाली दुतावासले जनाएको छ । तर अहिले सम्म यकिन तथ्याकं नभएकाले दुतावसाले भारतीय जेलमा रेहा नेपालीहरुको तथ्याकं संकलनको काम सुरु गर्ने भएको छ । कार्यवाहक राजदूत भरत कुमार रेग्मीले सो कुराको जानकारी गराएका छन् ।
दूतावासले एक महिना अघि भारतका केही संस्थासँग मिलेर तथ्याङ्क सङ्कलन सुरु गरेको हो । विभिन्न वहानामा भारतीय जेलमा रहेका नेपालीहरुलाई उद्यारका लागि दुतावासले पहिलो चरणमा तथ्याकं संकलनको कामलाई तिब्रता दिएके छ ।
दुतावासले चार महिनाभित्र तथ्याकं संकलनको काम सकिने जनाएको छ । त्यसपछि उनीहरूको उद्धारका लागि भारतको केन्द्र र राज्य सरकारसँग पहल गरिने निमित्त राजदुत रेग्मीले बताए ।
गत महिना देखि लगत संकलनको काम थालेको दुतावासले भारत स्थित एउटै जेलमा ३४ जना सम्म नेपाली रहेको भेटिएको जनाएको छ । हिमाञ्ल प्रदेशको नाहान जेलमा १४ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका एक नेपालीको उद्धारमा पुग्दा यस्तो तथ्य बाहिरिएको हो । हिमाञ्चलको एउटै जेलमा ३४ जना नेपालीहरू बन्दी जीवन बिताउन बाध्य रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार पछिल्लो चार वर्षमा भारतका जेलबाट ७३ जना नेपालीको उद्धार गरिएको छ । जसमध्ये ४८ जनाको त हिमाञ्चल प्रदेशका जेलहरुबाट उद्धार गरिएको हो ।
भारतमा रहेका नेपालीको सङ्ख्याबारे आधिकारिक विवरण कसैसँग छैन । अहिलेसम्मका तथ्यांका अनुमानमा आधारित छन् । भारतमा करिब ६० लाख नेपाली रहेको काल्पनिक तथ्यांक देखाउने गरिएको छ ।


