माघ २९ देखि धनकुटा महोत्सव शुरू !
धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरिय औधोगिक प्रर्दशनी तथा ब्यापार भेलाकालागि बैठक सम्पन्न
धनकुटा खबर । धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरिय औधोगिक प्रर्दशनी तथा ब्यापार भेलाकालागि सोमबार बैठक सम्पन्न भएको छ । धनकुटामा धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रर्दशनीका साथै व्यापार भेला माघ २९ गतेबाट शुरु हुने शोमबार बसेको बैठकले निर्णय गरेको छ ।
धनकुटामा पर्यटन तथा व्यापार प्रवद्धन गर्ने उदेश्यले आगामी माघ २९ देखि फागुन १० सम्म धनकुटाको टुढिखेलमा धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रर्दशनी तथा व्यापार भेला गर्ने निणर्य भएको हो छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतामा सम्पन्न सो बैठकमा धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरिय औधोगिक प्रदर्शनिका साथै ब्यापार भेला माघ २९ बाट गर्ने निर्णय भई महोत्सवकालागि आबश्यक समितिको चयन गरि जिम्मेबारी समेत बाँडफाड गरिसकेको प्रचार प्रसार समितिका संयोजक बिजय सन्तोषि राईले बताउनु भयो ।
भेलालाई भब्य तथा सभ्य रुपमा सम्पन्न गराउनकोलागि धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष घिमिरेको संयोजकत्वमा १ सय १ जनाको मुल आयोजक समिति र अन्य विभिन्न १४ वटा समितिहरु गठन गरिएको छ ।
सोमबार गठन गरिएको चौधवटै समितिले तीब्र रुपमा आ-आफ्रनो जिम्मेबारीका साथ काम शुरु गर्ने पनि प्रचार प्रसार समितिका संयोजक राईले बताउनु भयो ।
उद्योग बाणिज्य संघ धनकुटाको सहआयोजनमा हुन लागेको ब्यापार भेलाकालागि घरेलु तथा साना उद्योग महासंघ धनकुटा लगाएत बिभिन्न संघसंस्था तथा स्थानिय निकायहरुको सहयोग रहने र सफलता पुर्बक सम्पन्न गराउने उक्त बैठकको निणर्य भएको उद्योग बाणिज्य संघ धनकुटाका सदस्य सचिब जयन्द्र प्रधानले बताउनु भयो ।
नबगठित समितिहरुमा अनुगमन तथा मुल्यांकन समिति संयोजक ठेगनाथ घिमिरे, सन्तोष ताममाङ्गको संयोजकत्वमा समन्वय समिति , प्रायोजन ब्याबस्थापन समितिको संयोजकत्वमा सिताराम श्रेष्ठ, अतिथि सत्कार, स्वागत, मन्च ब्याबस्थापनमा तारा तितुङ्ग, सर्मिला राई, कुसुम राना, दुर्गा अधिकारी, बिष्णुमाया कन्दग्वा लगायतका ब्याक्तित्वहरुलाई संयोजक बनाईएको छ ।
बाल उधान तथा स्टल समितिका साथै आर्थिक समितिको संयोजकमा रोशन श्रेष्ठ र राम तामाङ्गलाई संयोजक बनाईनुका साथै साउण्ड सिस्टमको ब्याबस्थापनको संयोजकमा समेत तामाङ्गलाई जिम्मेबारी दिईएको छ ।
प्रदर्शनी सामाग्री ब्याबस्थापन समितिको संयोजकमा शैलेसमान श्रेष्ठ ,प्रचार प्रसार समितिको संयोजकमा बिजयि सन्तोषि राई , बिकास घिमिरेको संजकत्वमा कलाकार ब्याबस्थापन , स्वयमसेवक तथा टिकट ब्याबस्थापन रुपेश श्रेष्ठ र दिनेश राई संयोजक, सरसफाई तथा खानेपानि ब्याबस्थापन समितिको संयोजकत्वमा खगेन्द्र बिष्ट रहनु भएको १४ वटा बिभिन्न समितिहरु गठन गरेको महोत्सब प्रचार प्रसार समितिका संयोजक राईले जानकारी दिनु भयो ।

