सरकारले लिनेभो विश्व बैंकसँग ४५ अर्ब रुपैयाँ ऋण

काठमाडौं । सरकारले विश्व बैंकसँग ४५ अर्ब रुपैयाँ ऋण लिने भएको छ । भूकम्प पीडितको लागि आवास, पशुपालन र व्यावसायिक शिक्षा तथा तालीम परियोजनाको लागि ऋण लिन लागेको हो ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र विश्व बैंकका दक्षिण एसियाली उपाध्यक्ष एन्नेट डिक्सनबीच आइतबार ४४ अर्ब ८२ करोड रुपैयाँको सहुलियत ऋण संझौता भएको छ । विश्व बैंकसँगको ऋणबाट भूकम्प पीडितको लागि ९६ हजार घर निर्माण गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

व्यावसायिक शिक्षा तथा तालीम परियोजना शिक्षा मन्त्रालय अन्तरगत संचालिन गर्ने सरकारको योजना छ । त्यो परियोजना युवालाई प्राविधिक शिक्षा दिइने भएको छ । पशुपालनको लागि लिइने ऋणबाट देशका २५ जिल्लामा पशुपालन व्यवसायलाई प्रर्वद्धन गर्ने योजना बनेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖