सक्खर बनाउँदै र बेच्दै !
संखुवासभाको कोशेलीका रुपमा परिचित संखुवासभाको जिल्लाको सदरमुकाम खाँदबारी बजारमा लाग्ने साप्ताहिक हटियामा उखुबाट बनेको सक्खर किनबेच गर्दै स्थानिय ब्यपारी र ग्राहकहरु । प्रति केजी २ सय ५० सम्ममा बिक्री हुने औषधिय गुणयुक्त मानिने सिटे र ढोडे उखुबाट बनेको सक्खर संखुवासभाको कोसेलीका रुपमा परिचित छ ।

सक्खर बनाउनका लागि गोरुको सहाराले कोल(मेसिन)ले उखु पेलेर रस निकाल्दै संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. १८ गैरीगाउँका स्थानिय यूवाहरु । उक्त क्षेत्रको प्रमुख नगदे बालीका रुपमा रहेको सिटे जातको उखुबाट बनाएको सक्खर प्रति केजी रु २ सयमा बेचेर हिउँदको एक सिजनमा गाउँलेहरुले मनग्गे आम्दानी गर्ने गरेको स्थानिय कमल बहादुर बिश्वकर्माले जानकारी दिए ।

तस्वीर: नारायण कुमार राई/ धनकुटा खबर


