भोटेघोडाको सटृा भोटे कुकुरको किनबेच ह्वात्तै बढ्यो

गाईघाट उदयपुर, १५ माघ । भोटे घोडा लोप हुन थालेपछि जिल्लाको कटारीस्थित कमलानदी त्रिवेणी मेलामा यसको किनबेच नभएकाले यस पटक भने भोटे कुकुरको कारोबार बढेको छ ।

माघ १ गतेदेखि आजसम्म सञ्चालन भएको त्रिवेणी मेलामा अहिलेसम्म सबैभन्दा बढी भोटे कुकुरको किनबेच भएको मेला व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर तामाङले बताउनुभयो ।

विगतका वर्षमा सोलुखुम्बु र ओखलढुंगाको रुम्जाटार क्षेत्रबाट झारिने भोटे घोडाको किनबेच धेरै हुने गरेपनि अहिले तिनको प्रयोग र प्रचलन घट्दै गएकाले मेलामा पनि भोटेघोडाको किनबेच ठप्प हुन पुगेको मेला व्यवस्थापन समितिका सदस्य केदार धमलाले बताउनुभयो ।

उहाँका अनुसार अहिले सोलुखुम्बु र ओखलढुंगाबाट खरिद गरेर झारिएका भोटेकुकुर र तिनका छाउरासमेतको किनबेच बढेको हो । एउटा भोटे कुकुरको मूल्य रु आठ हजारदेखि रु १० हजारसम्म पुगेको छ भने छाउरा रु तीन हजारसम्ममा बिक्री भइरहेका छन् । सोलुको हिमाली क्षेत्रबाट झारिएका भोटेकुकुर अहिले तराईको धनुषा, सप्तरी, सिरहा, महोतरीसहित भारतको बिहारसम्मका ग्राहकले किनेर लगेका छन् ।
माघको ३ गतेदेखि हालसम्ममा झण्डै रु चार लाखसम्मको भोटेकुकुरको कारोबार भएको समेत त्रिवेणी मेला व्यवस्थापन समितिले जनाएको छ ।

त्रिवेणी मेलामा हिमाली भोटेकुकुरको कारोबार ह्वात्तै बढेपछि हिमाली सोलु र ओखलढुंगा क्षेत्रबाट थुप्रै भोटेकुकुर मेलामा कारोबारका लागि ल्याउने कार्यसमेत भइरहेको छ ।

माघ १ गते देखि शुरु भएको पन्ध्र दिने मेलामा अहिलेसम्म झण्डै रू दुई करोडको कारोबार भइसकेको छ भने सातलाख भन्दा बढीले त्रिवेणी धामको दर्शन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।