१५२ वर्षपछिको खग्रास चन्द्रग्रहणको दुर्लभ दृष्य – हेर्नुहोस् भिडियो

बुधबार बेलुकी ५ बजेर ३३ मिनेटबाट खग्रास चन्द्रग्रहण सुरु भएको छ। माघ १७ गते बेलुकी ५ बजेर ३३ मिनेटमा सुरु हुने खग्रास राति ८ बजेर ५६ मिनेटमा सकिने जनाइएको छ।

ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुने र आठ बजेर ५६ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ । जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईको मत छ।

ग्रहणले चन्द्रमालाई ६ बजेर ३६ मिनेटमा पुरै ढाक्नेछ । अवलोकनकर्ताले ६ बजेर ३६ मिनेटदेखि १ घण्टा १६ मिनेटसम्म अर्थात् ७ बजेर ५२ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्न सक्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हुँदै राति ८ बजेर ५६ मिनेटमा सकिन्छ ।

यो दुर्लभ खगोलीय घटना १ सय ५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष भट्टराईले बताए। ‘बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ’ उनले भने।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।