आकाशमा देखियो आगोको गोला, जमिनमा खसे ३ विचित्रका चीज, गाउँभर फैलियो त्रास

अघिल्लो दिन आकाशमा ठूलो आगोको गोला देखियो । त्यसको भोलिपल्टै गाउँमा तीनवटा विचित्रका चीज जमिनमा खसे । यस्तो दृश्य देख्दा पेरुको एक गाउँमा त्रास फैलिएको छ । पेरुको अंडियन राज्यमा भएको यो घटनाछि अनेकौं चर्चा चलिरहेका छन् । यी तीन चीजहरु अन्तरिक्षबाट खसेको दावी गरिएको छ ।

ती तीन गोला खस्नुभन्दा अघिल्लो रात गाउँलेहरुले आकाशमा झण्डै १८५ किलोमिटर टाढा आगोको गोला आकाशबाट आउँदै गरेको देखेका थिए । गाउँलेहरुले यसको भिडियो बनाएर सामाजिक संजालमा शेयर पनि गरेका छन् ।

आकाशमा देखिएका यही गोला अंडियनमा खसेको अनुमान गरिएको छ । पेरु एयरफोर्सले घटनापछि यो एसएल २३ रकेट हुन सक्ने बताएको छ । अंडियनमा खसेको यही रकेटको फ्युल ट्यांकी हुन सक्ने एयरफोर्सले बताएको छ । उता ब्राजिलको फायर डिपार्टमेण्टमा प्रमुख रोमुलो बारोसले यो उल्का पिण्ड भएको दावी गरेका छन् । – डिसी नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।