‘धनीमा भेद नगर्नू र कसैलाई नहप्काउनू’ – यस्तो छ छोरा ओलीलाई जन्मदिनमा बाबुको उपदेश
काठमाडौँ । जन्मदिनमा कुटनीतिक नियोगका प्रतिनिधि र नेताहरुले घेरिएका प्रधानमन्त्री केपी ओलीले बुबासँग भेट्न पनि समय पाएनन्। उनका बुबा ८८ वर्षीय मोहनप्रसाद ओली शुक्रबार बिहान बालुवाटारमै प्रधानमन्त्री बनेका छोरा केपी ओलीलाई भेट्न पर्खिरहेका थिए।

प्रधानमन्त्रीलाई जन्मदिनमा शुभकामना व्यक्त गर्न केक बोकेर पुगेका ठूलो हुलको बीचमै बुबा मोहनप्रसाद पनि छोरालाई जन्मदिनको शुभकामना दिन पर्खिरहेका छन्।
छोरालाई भेटेर जन्मदिनको शुभकामना दिन नपाए पनि बुबा ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छोरालाई देशसञ्चारमार्फत यी १० उपदेश दिएका छन्।
-दु:खमा नआत्तिनू
-सुखमा नमात्तिनू
-विपतमा परेकालाई दया देखाउनू
-सबै इष्टमित्र राख्नू
-नछुट्याउनू
-आफूलाई ठूलो नठान्नू
-सबैलाई माया गर्नू
-कसैलाई नहप्काउनू
-नदबाउनू
-गरिब र धनीमा भेद नगर्नू
छोरा व्यस्त रहेकाले आफूले भेट्न नपाएको उनले बताए। केही दिन आफू काठमाडौँ बस्ने र सोही क्रममा छोरालाई भेट्न पाउने आशा पनि बुबा ओलीले गरे।देश संचारबाट


