​चोरेको आरोपमा बाँधेर कुटिएको ठाउँमा सेल्फी लिने २ जना पक्राउ

फागुन १२ । भारतको केरला राज्यमा प्रहरीले एक जना नागरिकलाई बाँधेर कुटिएको अवस्था सेल्फी लिएको भन्दै २ जानलाई पक्राउ गरेको छ ।

उक्त घटना सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले घटनामा संम्लग्न २ जनालाई पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न अन्यको खोजी जारी राखेको जनाएको छ ।

सामाजिक संजालका फैलिएको भिडियो फूटेज तथा फोटामा एक जना नागरिकलाई बाँधेर राखिएको अवस्थामा सेल्फी खिचिएको देखाइएको छ । कुटाइ खाने व्यक्ति स्थानीय आदिवासी भएको जनाइएको छ । उनले खानका लागि भात चाेरेर खाएकाे भन्दै स्थानीयले बाँधेर कुटपीट गरेकाे जनाइएकाे छ । उक्त घटनाकाे सबैतिर बिराेध भएकाे छ ।

तर उक्त व्यक्तिको घटनास्थलमा नै ज्यान गएको बीबीसीले जनाएको छ । उक्त व्यक्तिलाई अस्पताल पुर्याइए पनि अस्पताल पुर्याउनुभन्दा अगाडि नै ज्यान गएको बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार घटना लगत्तै प्रहरीलाई जानकारी आएपछि घटनाीथलमा प्रहरी पुगेको थियो । उक्त फोटो र भिडियो फूटेज सामाजिक संजाल र टिभिबाट प्रसारण भएपछि केरलामा त्रास फैलिएको जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।