प्रधानमन्त्री ओलीले गृहमा जनार्दन मागे, अर्थमा प्रचण्डले सुरेन्द्र खोजे

काठमाडौं । एमालेभित्र अर्थमन्त्री र माओवादी केन्द्रभित्र गृहमन्त्रीको लफडाले सरकार बिस्तारमा कठिनाई भएको छ । दुई पार्टीले मन्त्रालयको बाँडफाडँ गर्दा अर्थ एमाले र गृह माओवादी केन्द्रले लिने सहमति भएको छ ।

एमालेभित्र अर्थमन्त्रीका लागि धेरै आकांक्षी भएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठेरो परेका छन् । महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे अर्थमन्त्रीको दावेदार छन् । पार्टी एकतापछि पनि सहज हुने ब्यक्तिलाई अर्थमन्त्री बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई सुझाव दिएका छन् ।

ओलीको रोजाईमा सचिव प्रदीप ज्ञवाली परेका छन् । तर प्रचण्डले भने स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउन ओलीसँग आग्रह गरेको स्रोतले बताएको छ । सचिव ज्ञवाली पनि आफु अर्थमन्त्री नभए पाण्डेका पक्षमा वकालत गर्ने लगभग निश्चित भइसकेको छ ।

महासचिव इश्वर पोखरेलले अर्थमन्त्रीमा दावी गरेपछि अध्यक्ष ओलीलाई सकस परेको हो । एमालेले पाउने १० मन्त्रालय मध्ये सवैभन्दा बढि चासो अर्थमन्त्रालयमै देखाएका छन् । एमाले स्थायी कमिटीले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । तर उनले कसलाई अर्थमन्त्री बनाउने भन्ने बिषयमा भने मुख खोलिसकेका छैनन् । स्थायी समिति बैठकमा अर्थमन्त्रीलाई लिएर विवाद भएको थियो ।

त्यसैगरी माओवादी केन्द्रभित्र पनि मन्त्रीका धेरै आकांक्षी देखिदा दाहाललाई समस्या भएको छ । गृहमन्त्रालयमा धेरै नेताहरु दावी गरेका छन् । नेता रामबहादुर थापा बादल, बर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतले गृहमन्त्रीमै सशक्त दावी पेश गरेका छन् ।

दाहालले अर्थमन्त्रीमा सुझाव दिएजस्तै ओलीले पनि गृहमन्त्री आफुलाई सहज हुने ब्यक्ति पठाउन आग्रह गरेका छन् । ओलीले गृहमन्त्रीमा जनार्दन शर्मालाई पठाउन आग्रह गरेको दाहाल निकट स्रोतले बताएको छ । गृहमन्त्रीका लागि शर्मा ओलीको रोजाईमा परेका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।