लक्ष्यअनुसार राजश्व असुली नभए पछि अर्थमन्त्री खतिवडाले दिए देशभरका भन्सार प्रमुखलाई यस्तो निर्देशन

काठमाडौँ, १९ फागुन । अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व असुलीमा देखिएका समस्या समाधान गर्न भन्सार प्रमुखलाई निर्देशन दिनुभएको छ ।

चालु आवको करिब चार महिना मात्र बाँकी हुँदा लक्ष्यअनुसार राजश्व असुली नभए पछि अर्थमन्त्री खतिवडाले देशभरका भन्सार प्रमुखलाई लक्षित प्रगति प्राप्त गर्न निर्देशन दिनुभएको हो ।

भन्सार विभागका अनुसार देशभर २३ वटा प्रमुख भन्सार कार्यालय र १४३ वटा कार्यालय छन् । सरकारको लक्ष्यअनुसार ती भन्सार विन्दुबाट भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा अत्य कर असुल गरिँदै आएको छ ।

भन्सारले कूल राजश्वको ४४ प्रतिशत तथा कर राजश्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । त्यसले गर्दा सरकारको लक्ष्य प्राप्त गर्न भन्सारको महत्वपूर्ण भूमिका हुँदै आएको छ ।

चालु आवको बजेटमा रु सात खर्ब ३० अर्ब राजश्व संकलनको लक्ष्य राखिएकोमा यस साताको बिहीबारसम्म रु चार खर्ब सात अर्ब अर्थात ५५.७८ प्रतिशतमात्र प्रगति भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

राजस्व असुलीमा देखिएको शिथिलताप्रति कडा निर्देशन दिँदै अर्थमन्त्री डा खतिवडाले भन्नुभएको छ –“राजस्व जोखिम हुनेगरी कुनै काम कारबाही भएको पाइए शून्य सहनशीलता अपनाइनेछ ”

औपचारिक व्यापारलाई प्रवद्र्धन गर्न यथार्थपरक घोषणा र सही मूल्यांकन हुनुपर्नेमा जोड दिँदै उहाँले चोरीपैठारी नियन्त्रण कडाइका साथ गर्ने गराउने गरी कार्यालयका सबै कर्मचारीलाई जिम्मेवार हुनुपर्ने बताउनुभएको हो ।

अर्थमन्त्री डा खतिवडाले अखाद्य तथा वातावरणीय रुपमा नकारात्मक प्रभाव पार्ने माल वस्तु आयात हुन नपाउने गरी विशेष सतर्कता अपनाउन समेत निर्देशन दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।