धनकुटामा ३ सय ३६ महिलाले गराए सूरक्षित गर्भपतन
धनकुटा खबर । चालु आर्थिक वर्षको माग महिना सम्म जिल्लाका ३ सय ३६ जना महिलाले सूरक्षित गर्भपतन गराएका छन् ।
उनीहरु मध्ये २ सय २५ जनाले ‘मेडिकल’ औषधिको प्रयोगवाट र १ सय ११ जनाले औजार उपकरण प्रयोग ‘सर्जिकल’ प्रविधिवाट गर्भ पतन गराएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको तथ्याङ्क अनुसार यसअघि आर्थिक वर्ष २०७१-०७२ मा ९ सय ४७ जनाले सूरक्षित गर्भ पतन गराएका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७२-०७३ मा ९ सय ६७ जनाले गराएका थिए । सर्जिकल प्रविधिवाट जिल्ला अस्पतालमा मात्र यो सेवा दिने गरिएको र औषधी सेवन वाट भने जिल्लाको विभिन्न प्राथामिक स्वास्थ्य केन्दहरुवाट यस्तो सेवा दिने गरिएको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका पव्लिक केल्थ नर्स वाल कुमारी तामाङ्गले जानकारी दिनुभयो ।
जिल्लाको अन्य स्वास्थ्य केन्द्रहरु जीतपुर, डाँडावजार, मूर्तिढुङ्गा, परेवादिन, पाख्रीवास, आँखिसल्ला, वेलहारा, वुढीमोरङ्ग, अहाले, मौनावुधुक र मेरी स्टोप सेन्टर वाट समेत यो सेवा नि शूल्क प्रदान गर्ने गरिएको उहाँले वताउनुभयो ।


