यी हुन् ओली सरकारले देखेका तीन खतरा…

काठमाडौँ । समृद्धि र समाजवादको परिकल्पनासहित गठन भएको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आफ्नो काममा आउन सक्ने सम्भावित जोखिमाथि अध्ययन थालेको छ । एमाले र माओवादीका शीर्ष नेता र मन्त्रीहरुवीच भविष्यमा आउन सक्ने सम्भावित जोखिममाथि अनौपचारिक तहमा छलफल थालेका हुन् । यस्ता अनौपचारिक छलफलमा सहभागी भए शीर्ष नेताले रातोपाटीसँगको कुराकानीमा जोखिमवारे बताएका छन् ।

१. भ्रष्टाचारीबाट खतरा
ती नेताका अनुसार बामगठबन्धनको सरकारलाई भ्रष्टाचारीबाट सवैभन्दा ठूलो खतरा रहेको शीर्ष नेता र मन्त्रीहरुवीच छलफल हुन थालेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचार नियन्त्रण चुनौतिपूर्ण रहेको र अव सरकारले भ्रष्टाचारीलाई ठाँउको ठाँउ कारवाही गर्ने बताउँदै आएका छन् । पछिल्ला दुई साता यता प्रधानमन्त्री ओली र प्रचण्डले भ्रष्टाचार नियन्त्रण सम्बन्धी मुद्दालाई निकै जोडले उठाएका छन् । ती नेताका अनुसार भ्रष्टाचारीबाट सरकारलाई खतरा रहेको निश्कर्षपछि प्रधानमन्त्री ओली र प्रचण्डले यो विषयलाई जोडले उठाएका हुन् ।

२. राजावादीबाट खतरा
झन्डै दुई तिहाई बहुमतसहित बामगठबन्धनको सरकार बनाएपनि शीर्ष नेताहरु ‘राजावादी शक्ति’ बाट आफ्नो सरकारमाथि खतरा देखेका छन् । रातोपाटीसँगको कुराकानीमा ती नेताले बताए अनुसार ‘राजवादीहरुले अव समस्या निम्ताउन सक्ने गरी गतिविधि गर्न सक्ने सूचना सरकारले पाएको’ छ । राजवादी शक्तिले हिन्दु राष्ट्रको मुद्दालाई बढी जोड दिएको छ । पूर्वराजा ज्ञानेन्द्र साह आफै पनि बेला बेला अभिव्यक्ति दिँदै आएको छ । पछिल्लो पटक प्रजातन्त्र दिवसका दिन शाहले विज्ञप्ती जारी गर्दै चुनाव गर्नुमात्र प्रजातन्त्र नभएको टिप्पणी गरेका थिए । उनले त्यसभन्दा अगाडि लखनउ पुगेर भाजपाका कट्टरपन्थी नेता समेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट पनि गरेका थिए ।

३. विप्लवको पार्टी
नयाँ सरकारले विप्लप नेतृत्वको नेकपालाई पनि आफ्नो सरकारको मिसनमा अवरोध सृजना गर्न सक्ने शक्तिका रुपमा हेरेको छ । विप्लवको घरमा पक्राउ पुर्जी टाँस गरेपछि सरकार र विप्लवको पार्टीवीचको तनाव बढ्न सक्ने आकलन गरिएको छ । चुनाव बहिस्कार गरेको विप्लवको पार्टीले अहिले अर्धभूमिगत रुपमा संगठन चलाएको छ ।

विप्लवका गतिविधिले शान्ति सुरक्षा प्रभावित हुने र त्यसले विकास तथा समृद्धिका काममा प्रभावित हुने सरकारको बुझाई छ । केही दिन अगाडि प्रचण्डले विप्लवले माखो मार्दैनन् भन्ने अभिव्यक्ति दिएका थिए । त्यसबाहेक प्रधानमन्त्री ओलीले पनि विप्लवको नामै नलिइ वार्तामा आउन आग्रह गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।