जेष्ठ नागरिकलाई घरघरै पुगेर उपचार !, यस्तो छ छथरजोरपाटी गाउँपालिका धनकुटाको प्रशंसनीय काम (भिडियो सहित)

धनकुटा खबर । धनकुटाको छथरजोरपाटि गाउँपालिकाले ८० बर्ष भन्दा पाको उमेरका जेष्ठ नागरिकको घरघरै पुगेर उपचार गर्न थालेको छ ।

बिरामि र बुढ्यौलीका कारण नियमित स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्य केन्द्र र अस्पताल सम्म जान नसक्ने जेष्ठ नागरिकको सुविधाका लागि घरमै पुगेर स्वास्थ्य सम्बन्धी परामर्श, औषधी सेवनको तरिका र निशुल्क औषधी वितरण गर्न थालिएको हो ।

छथर जोरपाटि गाउँपालिका क्षेत्रका तेलिया, तांखुवा, परेवादिन र हाक्तिखर्क लगायतका स्थानमा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मिको समुह जेष्ठ नागरिकको उपचारका लागि खटिएको छ ।

१५ दिन यता जाँच गरिएका करिब तीनसय ५० जेष्ठ नागरिक मध्ये अधिकाशंमा हाडजोर्नी, मधुमेह, उच्च रक्तचाप र आँखाको समस्या पाइएको छथरजोरपाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले बताउनुभयो ।

८० बर्ष उमेर कटेका जेष्ठहरुको हरेक चार महिनामा पुनपरिक्षण गरि औषधि वितरण गरिने गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले जानकारी दिनुभयो ।

बृद्धबृद्धाको स्वास्थ्य जाँच र औषधि वितरणका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।