अर्थमन्त्री खतिवडाले दिए कर्मचारी बर्खास्त गर्ने चेतावनी, यस्तो छ १५ विधामा सर्वाधिक कर तिर्नेको सूचि… (भिडियो सहित)

काठमाडौं, मंसिर १ । सातौं राष्ट्रिय कर दिवस आजबाट साताव्यापी रुपमा मनाउन सुरु गरिएको छ । ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना दिएका छन् ।

कर दिवसका अवसरमा काठमाण्डौका सरकारले प्रज्ञा भवन कमदालीमा एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा लगायत निजी क्षेत्रका उद्योगि व्यवसायीको उपस्थिती थियो ।

कार्यक्रममा विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने व्यक्ती र कम्पनीलाई सरकारले सम्मान गरेको छ। गएको वर्ष व्यापार, व्यवसाय बापत धेरै कर तिर्नेहरुलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको हो। सातौं राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा धेरै आयकर तिरेर सिप्रदी ट्रेडिङका सभापति सिध्दार्थ शमशेर जवरा सम्मानित भएका छन्। उनलाई अर्थमन्त्रीले डा।युवराज खतिवडाले सम्मान गरे।

त्यस्तै कम्पनीतर्फ सुर्य नेपाल सम्मानित भएको छ । यस्तै मूल्य अभिबृध्दि कर तिर्नेमा घोराही सिमेन्ट सम्मानित भएको छ। विभागले विभिन्न १५ विधामा बढी कर तिर्नेलाई सम्मानित गरेको छ । १५ विधामा सर्वाधिक कर तिर्नेको सूचि यस्तो छ:

सबैभन्दा बढी आयकर तिर्नेमा सुर्य नेपाल परेको छ । निर्यात गर्नेमा सबैभन्दा बढी आयकर तिर्ने डाबर नेपाल छ । त्यस्तै उद्योगबाट हिमाल पावर, कृषि तर्फ प्रो।वायोटेक प्राली निम्बस, सहकारी र लघुवित्त छिमेक लघुवित्त कम्पनी, बैंक तथा वित्तिय संस्था, नविल बैंक, बीमा नेपाल पुर्नबीमा कम्पनी, स्वास्थ्य शिक्षा, नोवल मेडिकल कलेज तथा शिक्षण अस्पताल परेको छ ।

त्यस्तै सुचना प्रविधि, एफ वान सफ्ट, पर्यटन तर्फ तारागाउँ रिजेन्सी हायात होटल, व्यापार तर्फ सिप्रदी ट्रेडिङ वार्षिक ४० करोडको कारोबार गर्नेमा नेपाल इन्भेष्टमेन्ट प्राली, ४० देखि ८० करोड कारोबार गर्नेबाट धितोपत्र बोर्ड, व्यक्तीगत तर्फ, सिध्दार्थ शमशेर जवरा र २०७३ र ०७४ सम्म विवरण बुझाएर सबैभन्दा बढी मूल्य अभिबृध्दि कर तिर्ने घोराही सिमेन्ट कारखाना परेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।