११ कक्षामा पढ्ने विद्यार्थीले बनाए बलात्कारवाट जोगाउने मेशिन !, कसैले फलो गरे, छोए वा जबरजस्ती गर्न खोजे सिधै प्रहरीलाई म्यासेज जान्छ – हेर्नुहोस् भिडियो
काठमाडौं । अर्जुन विक सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा पढ्दैछन्। उनको रुची विज्ञान र प्रविधिमा छ।
काठमाडौंमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा उनी समाजमा कलंकको रुपमा रहेको बलात्कारबाट जोगिने उपाय सहित प्रस्तुत भए । अर्जुनले प्रविधिसँग जोड्दै बलात्कारवाट जोगाउने मेशिन ‘एन्टी रेप मेसिन’ बनाए। सामान्य स्रोत साधनमा रहेर मेसिन बनाएको उनी बताउँछन् ।

उनले बनाएको एन्टी रेप मेसिन पेटीमा लगाउन सकिन्छ। मेसिनमा सेन्सर, करेन्ट र एसएमएस सुविधा रहेको उनले बताए । कसैले फलो गरेको खण्डमा पनि यो मेसिनले जानकारी दिने प्रविधि उनले यसमा विकास गरेका छन् ।
जवर्जस्ती पेटी खोल्न खोजे करेन्ट लाग्ने र कसैले रवडको पन्जा लगाएर जवर्जस्ती गर्न खोजे म्यासेज जाने सम्मको प्रविधि आफुले विकास गरेको उनले बताए।


