अन्ततः बन्ने नै भयो धनकुटाको पाख्रीवासमा ‘भ्यू-टावर’ !

धनकुटा खबर । पर्यटन प्रवद्र्धन गर्ने लक्षका साथ धनकुटाको पाख्रीवास नगरपालिका स्थितको राम्चे डाँडामा भ्यू टावर वन्ने भएको छ ।

भौगोलिक वनावटको हिसावले निक्कै सुन्दर यस डाँडामा भ्यूटावर वन्ने भएपछि सुनमा सुगन्ध झै भएको छ । नगरपालिकाको १ करोड ३५ लाख लागतमा भ्यू टावर वन्ने पक्का भएको हो । २२ फुट गोलाईमा ५ तला अग्लो भ्यु टावर निर्माणको काम हालै मात्र शूरु भएको नगरपालिकाका सूचना अधिकारी किरण राईले जानकारी दिनुभयो ।

समून्द्र सतहवाट १८ सय ५२ मिटर उचाईमा अवस्थित राम्चे डाँडा आफैपनि आकर्षक र मनामोहक छ । अहिले पनि त्यहाँ वरिपरीका स्थानियले लगाएका हरियाली चियावगानको दृष्य नियाल्दै स-साना सल्लाका रुखको सुसाई सुन्दै वसेर आनन्द लिनुको मज्जा नै वैग्लै हुन्छ ।

पाख्रीवासको मुख्य वजार क्षेत्रवाट झण्डै १० मिनेको पैदल यात्रा पछि पुगिने यो डाँडावाट नजिकका अन्य आकर्ष ठाउँ सँगै मकालु हिमालको सुन्दर दृष्य देख्न सकिन्छ भने तराईका समथर फाँट पनि यहीवाट देख्न पाईन्छ । त्यति मात्र होईन छिमेकी जिल्ला भोपुर,संखुवासभाका विभिन्न भू भाग र अरुण नदीको समेत यही वाट दृष्यावलोकन गर्न सकिन्छ । नगरपालिकाको आर्थिक वर्ष २०७४/७५ को उल्लेखित वजेट मार्फत भ्यू टावर निर्माणको काम थालिएको हो ।

वहुवर्षे योजना अन्र्तगत जयन्ती कन्स्ट्रक्सनलाई भ्यु टावर निर्माणको काम जिम्मा दिईएको नगरपालिकाका प्रमुख वृष वहादुर राईले वताउनुभयो । उहाँले यो वहुवर्षे योजना भए पनि कामको जिम्मा लिएको कन्स्ट्रकसनले यसै वर्ष काम सक्ने वताएको जानकारी गराउनुभयो ।

नगरपालिकाका अनुसार १०-१० फुट अन्तरको ५ तला अग्लो भ्यू टावर वनेपछि यहाँ आउने पर्यटकहरुले अन्य अकर्षक ठाउँहरु समेत हेर्न पाउने र पाख्रीवासको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।