देउसीभैलोको पैसाले नौमति बाजा !
धनकुटा खबर । तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकमले छथरजोरपाटी गाउँपालिका–६ नाम्जाङका स्थानीयले नौमती बाजा खरिद गरेका छन् ।
पछिल्लो समय लोपन्मुख अवस्थामा पुगेको नौमति बाजाको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले संकलित १ लाख ४५ हजार रुपैयाले उक्त बाजा खरिद गरिएको नाम्जाङमा रहेको आइतवारे शान्ति क्लवका अध्यक्ष कविता वस्नेतले बताइन् ।
सो क्लवको अगुवाई सिँधुवा बजारमा नौमती बाजा बजाउँदै र्याली सहित साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमा स्थानीय वासिन्दाको वाक्लो उपस्थिति थिगयो । क्लवका सदस्य तथा अगुवाई दिपक गुरुङले गाउँमा हुने उत्सव, मेला, पर्व, विवाह, व्रतवन्ध जस्ता शुभकार्यमा नौमती बाजा बजाइने बताए ।

नौमति बाजा बजाउन क्लवले सदस्यहरुलाई १५ दिने तालिम प्रदान गरेको थियो । उनले भने ‘पछिल्लो समय वाजाहरु लोप हुँदै गइरहेका छन् । बजाउने मान्छेहरु भेटिन्दैनन् । वाहिरवाट ल्याउनु पर्ने वाध्यता थियो । त्यसैले संरक्षण सहित प्रर्वद्धन गर्ने हाम्रो उदेश्य हो ।’
समुहभित्रका सदस्यहरुको कुनै शुभकार्य पर्दा निःशुल्क बजाउने र अन्य वाहिर गएर बजाउँदा व्यवस्थापन खर्चका लागि निम्न शुल्क लिने निर्णय गरिएको गुरुङले बताए । सिँधुवामा पञ्जेबाजा सहितको साँस्कृतिक कार्यक्रमा ३० हजार रुपैया संकलन भएको थियो । संकलित सो रकमले लोपोन्मुख अवस्थामा पुगेको बाजाहरु खरिद गर्ने बताइएको छ ।


