म नबोलेर को बोल्छ ? –बोल्छु ! : प्रधानमन्त्री (भिडियो सहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै नबोल्न भनेर दिएको सुझावप्रति आपत्ति जनाएका छन् ।

आइतबार पार्टी कार्यालयमा तत्कालीन नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन र तत्कालीन नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आपत्ति जनाएका हुन् । उनले भने,‘म राजनीतिक मान्छे हो । नेकपाको अध्यक्ष हो । प्रधानमन्त्री पनि हो’, म नबोलेर को बोल्छ ? बोल्छु ।’

त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पछिल्लो समय आक्रमण भएको भन्दै दुःखेसो पोखे । ओलीले राष्ट्रपतिको आलोचना र विरोध गर्न नहुने बताए । उनले भने, ‘कहिले राष्ट्रपतिलाई गाडी भन्या छ ? कहिले प्रहरीको तालिम केन्द्र सार्ने भनेको छ ? कहिले के भन्या छ ? राष्ट्रपति कुन दलको भन्या छ ?, यसरी चौतर्फी आक्रमण गर्नु हुँदैन ।’

ओलीले सीमाभन्दा बाहिर गएर केही बुद्धिजीविले गणतन्त्रमाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन् । उनले गणतान्त्रिक मूल्य र मान्यता विपरित हुने प्रहारलाई सरकारले परास्त गर्ने चेतावनी दिए । प्रधानमन्त्री ओलीले सुदृढ वामपन्थी शक्तिहरुबीचको एकताले प्रतिपक्षीहरु अतालिएको दाबी गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖