ट्राफिक प्रहरी धनकुटाको सचेतना अभियान : यात्रु बोक्ने ट्याक्टर, ट्रक कारवाहीमा…
धनकुटा खबर । “दुर्घटना घटाऔं, मान्छे बचाऔं” भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले सचेतना अभियान थालेको छ । प्रहरी सहायक निरिक्षक सुरेन्द्र खड्काले दिनुभएको जानकारी अनुसार चालकको लापरवाहीले दुर्घट्ना बढेकोले यो अभियान थालिएको हो।
जाडोको मौसम,वाक्लो हुस्सु लाग्ने र चालकले अपनाउनु पर्ने सावधानी नअपनाई सवारी चलाउदा दुर्घटना हुने भएको कारण दुर्घटना न्युनिकरणको लागी सचेतना मुलक कार्यक्रम चलाईएको प्रहरी जवान दिपक खड्काले बताउनुभयो ।
देशका विभिन्न स्थानहरुमा दैनिक सवारी दुर्घटना हुँदा धेरै जनधनको क्षति हुनेगरेको कारण चालकलाई दुर्घटना सम्वन्धी जिल्लाको विभिन्न स्थानमा सचेतना मुलक कार्यक्रम गरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

अभियानको क्रममा ट्याक्टर, ट्रकहरुमा मानिसहरु चढाएर सवार गर्ने, यात्रुवाहक सवारी साधनहरुमा क्षमता भन्दा बढी मानिसहरु चढाएका र लापर्वाही पूर्वक सवारी चलाउनेलाई कारवाही समेत गर्ने गरीएको छ ।
धनकुटामा साउन महिना यता १४ वटा सवारी दुर्घटना भएका छन् भने दूर्घटनामा परी तीन पुरुष र २ महिला गरी ५ जनाले ज्यान गुमाएका छन् । २३ जना घाईते भएकाछन् ।



