ट्याम्पोले गर्दा बस सेवा नै बन्द !
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको जोरपाटीबाट चुलाचुली हुंदै काजीमाने सम्म संचालन हुने बस सेवा बन्द भएको छ ।
केहि समय अघिसम्म धरानबाट धनकुटा हिले जोरपाटी चुलाचुली हुदै काजीमाने सम्म दैनिक बस सेवा संचालन हुदै आएको थियो । तर गाउँपालिकाले प्रमुख प्राथमीकतामा राखेर सडक लाई १२ महिना संचालनमा आउने गरी मर्मत र सडक सुधार गरे पछि भने बस संचालन हुन छोडेको हो ।
तर बस संचालन नहुनुको मुख्य कारण भने त्यस सडक खण्डमा संचालन भई रहेका ट्याम्पोको कारण बनेको छथरजोरपाटी गाउँपालिका ४ का वडा अध्यक्ष टेकबहादुर तामाङ्ग बताउछन् । ट्याम्पोले यात्रु ओसार्न थालेपछि यहाँ दैनिक बस सेवा त बन्द नै भयो अन्य यात्रु बोक्ने साधनले समेत यात्रु पाउन छाडेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले जानकारी दिए ।

उनले भने सडक सुधार भए पछि ट्याम्पो संचालनमा आए त्यस पछि अन्य यात्रु बहाक सवारी साधनले त यात्रु नै नपाएर संचालन बन्द भए । अब भने ट्याम्पो, बस र अन्य सवारी साधनको रुट व्यावस्थापन गरी सर्वसाधरण नागरीकलाई पनि सस्तो र सुलभ रुपमा यातायतको साधन प्रयोग गर्ने वतावरण मिलाउन लागि परि रहेको अध्यक्ष लिम्बुले बताए ।
स्थानिय सरकारका निर्वाचित जनप्रतिनिधीले जनजीविकासंग जोडीएका यस्ता बिषय लाई समयमै समाधान गर्नु पर्ने देखिन्छ ।


