नेपाल प्रहरी अस्पतालमा ६ हजार बढी सर्वसाधारणको उपचार

काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जले ६ हजार ४५० सर्वसाधारणको उपचार गरेको छ । विसं २०७४ कात्तिक २६ गतेदेखि सर्वसाधारणका लागि उपचार खुल्ला गरेको सो अस्पतालले दुई हजार ८२१ पुरुष तथा तीन हजार ६२९ महिलाको उपचार गरेको हो ।

यसअघि प्रहरी कर्मचारी र प्रहरीका आश्रित परिवारले सो अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा लिँदै आएका थिए । सो अवधिमा दाँतका ७६८, नाक, कान र घाँटीका ४७८, आकस्मिक ४९३, आँखाका २७५, औषधोपचार एक हजार ३३२, गाइनो ४९९, अर्थोपेडिक एक हजार ३९ तथा छालाका ४६२ बिरामीले उपचार गराएका छन् । सामान्य कक्षमा ९७ तथा अति सघन कक्षमा १४ बिरामीको उपचार गरिएको छ ।

नेपाल प्रहरीका आश्रित परिवारको उपचार गर्नका लागि २०२७ सालदेखि स्वास्थ्य सेवा प्रदान गरेको प्रहरीले २०४० चैत २७ मा सो अस्पताल स्थापना गरी सेवा प्रदान गर्दै आएको छ ।

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले प्रहरी आश्रीत परिवारलाई निशुल्क उपचार गरेपनि सर्वसाधारणलाई भने सहुलियत दरमा विभिन्न रोगको उपचार गर्दे आएको बताउनुभयो । “नागरिकलाई सहुलियतका साथ उपचार गराउने उदेश्यले अस्पतालले सर्वसाधारणको उपचार गर्दै आएको छ,” उहाँले भन्नुभयो । प्रहरी अस्पतालले विशिष्ट तथा अति विशिष्ट व्यक्तिको उपचारका लागि समेत छुट्टै कक्ष स्थापना गर्न लागेको छ ।

यसअघि वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र वीरेन्द्र सैनीक अस्पतालमा विशेष कक्ष भएपनि प्रहरीले पहिलोपटक उक्त कक्ष निर्माण गर्न लागेको हो । (फाईल फोटो)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।